२०८३, कार्तिक २१ गते

शुक्रवार, कार्तिक २१ गते २०८३

'वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउनेछु' : मन्त्री भण्डारी

शनिवार , चैत्र १८, २०७९


काठमाडौँ, चैत । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीले वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउने बताएका छन ।   वैदेशिक रोजगारीमा जाने नेपालीले सम्मानका साथ विश्व बजारमा श्रम गर्नसक्ने वातावरण सिर्जना गर्ने उनको भनाइ छ ।

आज शनिबार ललितपुरको बाँडेगाउँस्थित भट्टराई आश्रमको अवलोकन एवं निरीक्षणमा पुग्नुभएका मन्त्री भण्डारीले वैदेशिक रोजगारमा गएका नेपालीको ठूलो योगदान भएकाले यसलाई व्यवस्थित बनाउन लागिपर्ने बताएका हुन ।  

“अर्थतन्त्रमा रेमिट्यान्समा महत्वपूर्ण योगदान पु¥याउने वैदेशिक रोजगारीमा जाने नेपालीले सम्मान र इज्जतका साथ विश्वबजारमा आफ्नो श्रम प्रयोग गर्नसक्ने वातावरण सिर्जना गर्ने मेरो पहिलो प्रयास हुनेछ”, उनले भने । 

विभिन्न देशमा रोजगारीका लागि गैरकानुनी ढङ्गले जाने अवस्था सिर्जना भइरहेको भन्दै उनले यसले उक्त देशसँग दौत्य सम्बन्ध स्थापित गरी सहज बनाउने बताए ।  

मन्त्री भण्डारीले वैदेशिक रोजगारीमा हुने ठगी, गैरकानुनी कामको अन्त्य गर्दै श्रमिकको हकहितका लागि काम गर्ने सम्मानित मन्त्रालयका रुपमा अगाडि बढाउन आफू लागिपर्ने बताए ।  

जनताले अनुमोदन गरेको गठबन्धनको सरकार बनेको भन्दै यो स्थायी र दीर्घकालसम्म जाने दाबी गरे । सो अवसरमा उनले नेपाली कांग्रेसका संस्थापक नेता तथा पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको पूर्णकदको सालिकमा माल्यार्पण गरेका छन । 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार