काठमाडौ, फागुन । एनआईसी एसिया बैंकले होली पर्वलाई लक्षित गरी बैंकका मोबाइल बैंकिङ् प्रयोगकर्ताहरूका लागि विशेष योजना अघि सारेको छ ।
योजना अन्तर्गत मोबाइल बैंकिङ प्रयोग गरी २०७६ फागुन २६ र २७ गते कारोबार गर्दा २०० जना ग्राहकले शत प्रतिशत वा अधिकतम ५ हजार रुपैयाँसम्म नगद फिर्ता प्राप्त गर्न सक्ने बैंकले जनाएकाे छ ।
मोबाइल बैंकिङ र डेबिट/क्रेडिट कार्ड प्रयोगमा अफरै अफर
प्रत्येक शुक्रबार बेलुकी ८ बजेदेखि शनिबार बिहान ८ बजेसम्म सञ्चालित ह्याप्पी आवरमा मोबाइल बैंकिङ्ग सेवा प्रयोग गरी ५ प्रतिशत वा एक सय रुपैयाँसम्म क्यास ब्याक, पहिलोपटक बिजुलीको बिल भुक्तानी गर्दा ५ प्रतिशत वा एक हजारसम्म छुट, प्रत्येक बुधबार केएफसी तथा पिज्जा हटमा १० प्रतिशत क्यास ब्याक, प्रत्येक बुधबार दराज डट कम बाट सामान खरिद गर्दा १० प्रतिशत वा पाँचसय रुपैयाँसम्म छुट, सोनी ब्राभिया टेलिभिजन खरिद गर्दा १० प्रतिशत वा दुई हजार रुपैयाँसम्म छुट लगायत विभिन्न अफरहरू बैैकले सञ्चालन गरिरहेको छ ।
यस बाहेक बैैंकको मोबाइल बैंकिङ्ग सेवा प्रयोग गरी रिचार्ज गर्दा ३ प्रतिशत छुट पनि उपलब्ध छ । यसका अतिरिक्त बैैंकका ग्राहक महानुभावहरूले मोबाइल बैंकिङ्ग र डेबिट कार्ड प्रयोग गरी दुई हजार रुपैयाँभन्दा बढी अस्पताल, होटल तथा रेष्टुरेन्ट, डिपार्टमेन्ट स्टोर, लगायतमा अधिकतम २५ प्रतिशतसम्म छुट प्राप्त गर्नुहुन्छ ।
साथै, बैंकले सञ्चालन गरेको ‘जति धेरै कारोबार, त्यति धेरै उपहार’ योजना अन्तर्गत मोबाइल बैंकिङ प्रयोग गरी अधिकतम कारोबार संख्या गर्ने ३ जना ग्राहकले प्रत्येक हप्ता जनही पाँच सय रुपैयाँ तथा मासिक रुपमा अधिकतम कारोबार संख्या गर्ने ३ जनाले जनही एक हजार रुपैयाँसम्मको उपहार प्राप्त गर्दै आएका बैंककाे दावी छ।