२०८३, कार्तिक २१ गते

शुक्रवार, कार्तिक २१ गते २०८३

कोरोना भाइरसको प्रकोप

चीनले भन्यो : "कोरोना चीनमा पैदा भएको हैन "

मिडिया भन्छ : 'कोरोना भाइरस चीनबाट फैलिएको हाे'

बिहिवार , फाल्गुण २२, २०७६

काठमाडौं, फागुन  । चीनको वुहानबाट गत डिसेम्बरकेा अन्तिमबाट विश्वभर नोवल कोरोना भाइरस (कोभिड–१९) फैलिए पनि चीनले भने यसलाई मानेको छैन । 

चीनले अहिलेसम्म चीनमै कोरोना भाइरस पैदा भएको हो भन्ने स्वीकार नगरेको हो । उसले भनेको छ –अहिलेसम्म कुनै प्रमाण भेटिएको छैन, कोरोना चीनमा पैदा भएको हैन । चीनमै कोरोनाको पहिलो संक्रमित फेला परेका थिए । तर चीनले भने अहिलेसम्म कुनै प्रमाण नभेटिएको बताएको छ । 

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले एक सम्मेलनमा भने, ‘मिडियाको एक तहले कोरोना भाइरस चीनबाट फैलिएको भनिरहेको छ तर यो गैरजिम्मेवारपन हो । हामी यसको कडा विरोध गर्छौं । हामीले भाइरसको उत्पत्ति कहाँबाट भयो भनी पत्ता लगाउँदै छौं ।’

विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस एक वैश्विक स्वास्थ्य आपद भएको बताएको छ र तर यसको सुरुआत कहाँबाट भयो भन्ने अझै बताउन सकेको छैन ।  

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार