२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

एफए कप : लिभरपूललाई हराउँदै चेल्सी क्वाटरफाइनलमा प्रवेश

मंगलवार , फाल्गुण २०, २०७६

काठमाडौं, फागुन । लिभरपूललाई हराउँदै चेल्सी एफए कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

गएराति चेल्सीको मैदान स्टामफोर्ड ब्रिजमा सम्पन्न खेलमा घरेलु टोली २–० ले विजयी भयो ।

लिभरपुल विरुद्धको खेलमा चेल्सीलाई विजयी गराउन विलियन र रोस बार्क्लेले एक एक गोल गरे ।

जितसँगै चेल्सी क्वाटरफाइनलमा पुग्दा लिभरपुलको भने जारी सिजन प्रिमियर लिगबाहेक घरेलु फुटबलमा अर्को उपाधि जित्ने सम्भावना सकिएको छ ।

एफए कप फुटबलकै अन्य खेलहरुमा रिडिङलाई अतिरिक्त समयमा हराउँदै शेफिल्ड युनाईटेड तथा वेष्ट ब्रोमलाई ३–२ ले हराउँदै न्युकासल युनाइटेड पनि क्वाटरफाइनलमा पुगेका छन् ।

यसअघि पोर्ट्समाउथलाई हराउँदै आर्सनलले पनि क्वाटरफाईनलको यात्रा तय गरिसकेको छ । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार