२०८३, कार्तिक २१ गते

शुक्रवार, कार्तिक २१ गते २०८३

बुधबार दोस्रो पटक मिर्गौला प्रत्यारोपण

प्रम ओलीको मिर्गौला प्रत्यारोपण : "१५ बढी स्वास्थ्यकर्मी खटिँदै"

हरेक बुधबार दुईको प्रत्यारोपण

सोमवार , फाल्गुण १९, २०७६

काठमाडौं, फागुन  । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपणमा १५ जनाभन्दा बढी विशेषज्ञ चिकित्सक, नर्स र स्वास्थ्यकर्मी खटिने भएका छन् । 

बुधबार (फागुन २१गते) हुने दोस्रो मिर्गौला प्रत्यारोपणमा प्रा. डा. प्रेम ज्ञवालीको नेतृत्वमा डा. उत्तम शर्मा, डा. दिव्या सिंह शाह, डा. पवन चालिसे, डा. सुवास आचार्यलगायत चिकित्सक, दुईजना एनेस्थेसियाका चिकित्सक र ८ जना नर्स तथा स्वास्थ्यकर्मी खटिने अस्पतालले जनाएको छ ।

 

अस्पताल स्रोतका अनुसार प्रधानमन्त्री ओलीले पहिलो मिर्गौला प्रत्यारोपण गर्दा खटिएका दुई विशेषज्ञसमेत आएका छन् । प्रधानमन्त्री ओलीलाई त्रिवि शिक्षण अस्पतालको एनेक्स वार्डको ६०१ नम्बर भीभीआईपी क्याबिनमा राखिएको छ ।

प्रत्यारोपणमा मुख्य भूमिका मिर्गौला रोग विशेषज्ञ र पिसाब रोग विशेषज्ञहरुको हुने बताइएको छ । दोस्रो मिर्गौल प्रत्यारोपणमा मिर्गौला दान गर्न उनकी भान्जी नाता पर्ने समीक्षा संग्रौला ज्ञवाली पनि सोमबार नै अस्पताल भर्ना भएकी छन् । 

उनको पनि सबै स्वास्थ्य परीक्षण गरिसकेको अस्पतालले जनाएको छ । उनले बुधबार मिर्गौला दान गर्दैछन् । प्रधानमन्त्री ओलीलाई पहिलोपल्ट बुहारी नाता पर्ने अञ्जना घिमिरेले दिएकी थिइन् ।

प्रधानमन्त्रीको मुटु एकदमै स्वस्थ्य रहेको मुटुरोग विशेषज्ञ अरुण सायमीले बताए ।  उनले भने “प्रधानमन्त्रीज्युको सबै स्वास्थ्य चेकजाँच गर्दा काहिँ पनि समस्या नदेखिएपछि प्रत्यारोपण गर्न लागिएको हो ।”

प्रधानमन्त्री ओलीले १४ वर्षअघि भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा पहिलो मिर्गौल प्रत्यारोपण गरेका थिए । 

हरेक बुधबार दुईजनाको प्रत्यारोपण

त्रिवि शिक्षण अस्पतालमा हरेक वुधबार दुईजनाको मिर्गौला प्रत्यारोपण हुने गरेको छ ।  अस्पतालका निर्देशक डा. प्रेमकृष्ण खड्काले सातामा एकदिन बुधबार मात्रै प्रत्यारोपण हुने बताए ।

“एउटा मिर्गौला प्रत्यारोपण गर्न करिब ४ घण्टा लाग्छ,” उनले भने “मिर्गौला प्रत्यारोपण गरेको एक सातामा घर पठाउँछौ ।” 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार