२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

आर्सनल एफए कपको क्वाटरफाईनलमा, लिभरपुल र चेल्सी भिड्दै

सोमवार , फाल्गुण १९, २०७६

काठमाडौँ, फागुन।  पोर्ट्समाउथलाई हराउँदै आर्सनल एफए कप फुटबलको क्वाटरफाईनलमा प्रवेश गरेको छ ।

गएराति पोर्ट्समाउथको मैदानमा भएको प्रि–क्वाटरफाइनल खेलमा आर्सनल २–० ले विजयी भयो ।

खेलमा आर्सनलका लागि सोक्रातिस र एन्केतियाले एक एक गोल गरे । जितसँगै आर्सनलले सिजनमा कम्तिमा एउटा उपाधि जित्ने सम्भावना जिवित राखेको छ ।

एफए कप फुटबलमा आज राती तीन खेल हुनेछन् । प्रिमियर लिगमा शीर्ष स्थानमा रहेको लिभरपुलले आज चेल्सीको सामना गर्नेछ ।

यो खेल लण्डन क्लब चेल्सीको मैदान स्टामफोर्ड ब्रिजमा हुनेछ ।

आजका अन्य खेलहरुमा वेष्ट ब्रोम र न्युकासल युनाईटेड तथा रिडिङ र शेफिल्ड युनाईटेड भिड्नेछन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार