२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

माओवादी स्थायी समिति सुरु

शुक्रवार , माघ १३, २०७९

काठमाडौँ, माघ ।नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक पार्टी मुख्यालय पेरिसडाँडामा सुरु भएको छ । बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गर्नुभएको पछिल्लो समसामयिक विषयमा सङ्क्षिप्त लिखित प्रतिवेदन’ माथि छलफल हुनेछ ।

बिहीबारदेखि सुरु भएको स्थायी समिति बैठकमा अध्यक्ष दाहालले प्रतिवेदन पेस गर्नु भएको थियो । आजको बैठकमा पछिल्लो राजनीतिक अवस्था, राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचनलगायत विषयमा छलफल हुने बताइएको छ ।

बिहीबारको बैठकमा पार्टी एकता, सङ्गठन विस्तारलगायत समसामयिक विषयमा छलफल भएको थियो । बैठकमा अध्यक्ष दाहालले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन, निर्वाचनपछिको समग्र पार्टीको अवस्था, सरकार निर्माणका क्रममा गठन भएको गठबन्धन, सरकारको गतिविधिबारे ब्रिफिङ गर्नुभएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार