२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

प्रधानमन्त्री दाहाल र स्वास्थ्यमन्त्रीद्वारा अङ्गदान गर्ने घोषणा

शुक्रवार , माघ ६, २०७९

काठमाडौँ, माघ ।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले अङ्गदान गर्ने घोषणा गर्नुभएको छ ।

सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले एक हजार जनाको मिर्गौला प्रत्यारोपण सफलताका साथ सम्पन्न भएको अवसरमा आज यहाँ आयोजित प्रत्यारोपितको बृहत् भेलामा प्रधानमन्त्री दाहाल र स्वास्थ्यमन्त्री गिरीले मृत्युपश्चात आफ्ना अङ्ग दान गर्ने घोषणा गर्नुभएको हो ।

सो अवसरमा प्रधानमन्त्री दाहाललाई केन्द्रका निर्देशक डा पुकारचन्द श्रेष्ठले दाता कार्ड हस्तान्तरण गर्नुभएको थियो । यस्तै स्वास्थ्यमन्त्री गिरीलाई प्रधानमन्त्री दाहालले दाता कार्ड हस्तान्तरण गर्नुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार