२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

माओवादीले टुङ्ग्यायो मन्त्री, सञ्चारमा शर्मा

मंगलवार , माघ ३, २०७९

काठमाडौँ,माघ ।नेकपा (माओवादी केन्द्र) ले सरकारमा सहभागी हुनेको नाम टुङ्गो लगाएको छ । माओवादीबाट रेखा शर्मा, सुदन किराँती र अमनलाल मोदी मन्त्री तथा सुशीला श्रीपाली राज्यमन्त्री बन्ने टुङ्गो भएको केन्द्रीय सदस्य मनोहरि तिमिल्सिनाले जानकारी दिनुभयो ।

शर्मा सञ्चार तथा सूचना प्रविधि, किराँती संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र मोदी सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्रीका रुपमा शपथ लिने उहाँले जानकारी दिनुभयो । श्रीपालीलाई पर्यटन राज्यमन्त्री तोकिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार