२०८३, कार्तिक २१ गते

शुक्रवार, कार्तिक २१ गते २०८३

कोरोना भाइरसको संक्रमण

"कोरोना भाइरस भित्रिन नदिन सरकारको उच्च सतर्कता "

तीन चरणको उपचार ब्यवस्था

आइतवार , फाल्गुण १८, २०७६


काठमाडौँ, फागुन । कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि सरकारले तीन छु्ट्टाछुट्टै योजना बनाएको छ । सरकारले सो रोग नियन्त्रणका लागि अपनाएको योजनाबारे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको छ । मन्त्री भानुभक्त ढकालले रणनीतिबारे पत्रकारलाइ जानकारी दिदैे पहिलो चरणमा सावधानीका लागि अपनाउनुपर्ने, रोग आइहाले दोस्रो चरणमा उपचारका लागि सम्पूर्ण शक्ति लगाउने र तेस्रो चरणमा उच्च जोखिम निम्तिएको खण्डमा स्वास्थ्य आपत्काल घोषणा गर्नेसम्मको योजना बनाएर अगाडि बढ्ने तयारी गरिएको जनाए ।
उनले स्वास्थ्य क्षेत्रमा सम्पादन गरेका ४६ बुँदे उपलब्धि आइतबार सार्वजनिक गरेका छन । मन्त्री ढकालले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय सम्हालेको एकसय दिन नाघेको अवसरमा पत्रकार सम्मेलन आयोजना गर्दै उपलब्धि सार्वजनिक गरेका हुन ।
उनले कोरोना नियन्त्रणका लागि पहिलो चरणको काममा विमानस्थलमा प्रत्येक यात्रुको तापक्रम मापन सुरु गरिएको बताए । यसअघि अतिप्रभावित चीन, जापानलगायतका देशबाट आएका यात्रुको मात्र तापक्रम मापन गरिँदै आएकोमा अब प्रत्येकलाई ‘इन्फ्रारेड मेसिन’ले तापक्रम नाप्ने व्यवस्था मिलाइएको बताए । उनले विमानमा प्रवेश गर्नुअघि पनि तापक्रम लिन सुरु गरिएको जनाए ।
साथीभाइसँग भेट्दा अँगालो मार्ने, हात मिलाउनेभन्दा पनि टाढैबाट नमस्कार गर्दा पनि कोरोनाको सङ्क्रमणबाट जोगिन सकिने रहेछ उनले थपे । उनले भने, “भीडमा हिँडडुल नगर्न तथा भोजभतेरका कार्यक्रम नगर्न पनि सबैलाई आग्रह गर्दछु ।”
उनले छिमेकी मुलुक भारतमा सङ्क्रमण बढेमा नेपाललाई समेत समस्या पर्ने जनाए । उनले हब र स्याटेलाइट अस्पताल गरी ३६ वटा तयारी अवस्थामा रहेको भन्दै कसैलाई पनि नआत्तिन आग्रह गरे । उनले नेपालले पनि उच्च सतर्कता अपनाइसकेको भन्दै आफ्नो सिमानामा सङ्क्रमण छिर्न नदिन कुनै कसर बाँकी नराख्ने बताए

उद्धार टोलीमा देखिएन कोरोना
यसैबीच, कोरोना भाइरस (कोभिड–१९ं) बाट सङ्क्रमित क्षेत्र चीनमा रहेका नेपालीको उद्धार गर्न गएका १८ जना उद्धार टोलीको रिपोर्ट नेगेटिभ आएको छ । कोरोना नदेखिएपछि उनीहरूलाई आइतबार क्वारेन्टाइनबाट बिदाइ गरिएको छ ।
नगर कोटस्थित खानेपानी संस्थानको भवनमा रहेका विमान चालकसहित उद्धार टोलीको शनिबार घाँटीको भित्री भागको ¥याल नमुना सङ्कलन गरी परीक्षण गरिएको थियो ।
चीनबाट उद्धार गरी भक्तपुर खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको क्वारेन्टाइनमा राखिएका १७५ जनाको दोस्रो चरणमा गरिएको स्वाब परीक्षणको रिपोर्ट सोमबारसम्म आइसक्ने जानकारी दिइएको छ । ।
पहिलो चरणको परीक्षणका लागि करेन्टाइनमा राखिएको २४ घण्टाभित्र गर्नुपर्ने मापदण्डअनुसार उद्धार गरी ल्याइएकै दिन फागुन ४ गते नमुना सङ्कलन गरि एको थियो । पहिलो चरणको परीक्षणको रिपोर्ट नेगेटिभ आएको थियो ।

आशङ्कमा दुई अस्पताल भर्ना
यस्तै कोरोनाको आशङ्कामा टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा र ोग अस्पतालको आइसोलेसन वार्डमा दुई जनालाई भर्ना गरिएको छ । अस्पतालका प्रवक्ता डा. अनुप बास्तोलाले एक जना चीनबाट र अर्का दक्षिण कोरियाबाट फर्केका नेपाली भएको जानकारी दिए । उनले केही दिनअघि विदेशबाट फर्किएका उनीहरू घर मै बस्दा ज्वरो आएपछि अस्पतालको सम्पर्कमा आएको जानकारी पनि दिए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार