२०८३, कार्तिक २१ गते

शुक्रवार, कार्तिक २१ गते २०८३

प्रम ओली आज अस्पताल भर्ना हुँदै

"त्रिवि शिक्षण अस्पतालमा बुधवार मिर्गौला प्रत्यारोपण गरिँदै

प्रत्यारोपण मनमोहन कार्डियोथोरासिक एण्ड ट्रान्सप्लान्ट सेन्टरमा

आइतवार , फाल्गुण १८, २०७६

काठमाडौं, फागुन । प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो मिर्गौला प्रत्यारोपणका लागि आज अस्पताल भर्ना हुनुहुने भएको छ ।
पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीको महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक एण्ड ट्रान्सप्लान्ट सेन्टरमा बुधबार प्रत्यारोपण गरिने भएको छ ।
सोमबार प्रधानमन्त्री ओलीले सचिवालयको आकष्मिक बैठक बोलाइ आफ्नो स्वास्थ्योपचार योजनाबारे बताउनुभएको थियो । सो कुरा बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले पत्रकारलाई जानकारी दिएका तिए ।
प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा सचिवालयको सोमबारको बसेको बैठकमा राष्ट्रियसभा सदस्यमा हुने मनोनयनबारे सोधिएको प्रश्नमा भने प्रवक्ता श्रेष्ठले भने, “यस विषयमा पहिले नै निर्णय भइसकेकाले फेरि बोलिरहनु परेन ।”

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार