२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

सत्ता साझेदार दलको बैठक बस्दै

बिहिवार , पौष २८, २०७९

काठमाडौँ, पुस।मन्त्रिपरिषद् विस्तारलगायत विषयलाई टुङ्गोमा पु¥याउन सत्ता साझेदार दलको बैठक बस्दैछ ।

आज अपराह्न ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता साझेदार दलको बैठक बोलाइएको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले जनाएको छ ।बैठकमा मन्त्रिपरिषद्को विस्तार, सभामुखको निर्वाचन, सरकारको प्रभावकारितालगायत विषयमा छलफल हुने बताइएको छ ।

बुधबार साँझ प्रधानमन्त्री दाहाल र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच समसामयिक राजनीतिक विषयमा भेटवार्ता भएको थियो ।प्रधानमन्त्री दाहालले यही पुस २६ गते प्रतिनिधिसभाबाट विश्वासको मत लिइसक्नुभएको छ । उहाँलाई तत्काल उपस्थित सात सय ७० मध्ये दुई सय ६८ सांसदले विश्वासको मत दिनुभएको थियो ।

सत्ता साझेदार दलमा एमाले, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी छन् ।यसैबीच, आजै मन्त्रिपरिषद्को नियमित बैठक पनि राखिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान ११ बजे मन्त्रिपरिषद् बैठक बस्नेछ । सामान्यतया सोमबार र बिहीबार मन्त्रिपरिषद्को बैठक बस्ने गर्छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार