२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

हङकङले दियाे नेपाललाई १ सय ५५ रनकाे लक्ष्य

शनिवार , फाल्गुण १७, २०७६

काठमाडौं, फागुन ।  एसीसी पूर्वी क्षेत्रीय टी–२० क्रिकेटमा हङकङले नेपाललाई १ सय ५५ रनकाे लक्ष्य दिएकाे छ । 

टस हारेर पहिले ब्याटिङ गरेकाे हङकङले निर्धारित ओभरमा ६ विकेट गुमाएर १ सय ५४ रन बनायाे । हङकङका लागि निजाकत खानले सर्वाधिक ४८ रन बनाए । त्यस्तै अन्य ब्याट्सम्यानले औसत प्रदर्शन गरे । 

बलिङतर्फ नेपालका लागि सुशन भारी र सन्दीप लामिछानेले दुई–दुई विकेट लिए । त्यस्तै कुशल मल्लले एक विकेट लिए । याे खेलमा विकेटविहीन बनेका मुख्य बलर करण केसी केही महँगाे साबित भए । उनले तीन ओभरमा ३३ रन खर्चिए । त्यस्तै पारस खड्का र अभिनाश बाेहरा पनि विकेटविहीन बने । 

पहिलो खेलमा मलेसियासँग २२ रनले पराजित भएको नेपाललाई याे खेल जित्नैपर्ने दबाब छ । मलेसियाले दिएको एक सय ५५ रनको लक्ष्य पछ्याउँदा नेपाल एक ३२ रनमै रोकिएको थियो । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार