२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

'अहिलेको गठबन्धन लामो समय टिक्दैन'  : वरिष्ठ नेता पौडेल

शुक्रवार , पौष १५, २०७९


तनहुँ, पुस । नेपाली कांग्रेसका वरिष्ठ नेता एवं प्रतिनिधिसभा सदस्य रामचन्द्र पौडेलले हालै गठन भएको गठबन्धनको सरकार लामो समय नटिक्ने टिप्पणी गरेका छन ।  
तनहुँको बन्दीपुर गाउँपालिका–६ खहरेटारस्थित मिलीजुली युवा क्लबको पाँचौँ वार्षिकोत्सवमा आज आयोजित तमु ल्होसार सांस्कृतिक कार्यक्रम तथा खुला पुरुष भलिबल प्रतियोगिताको उद्घाटन गर्दै उनले भने, “भागवण्डा र विगतमा भएको धोकाले यो गठबन्धन लामो समय टिक्न सक्ने अवस्था छैन ।

अहिले जति तडकभडक गरिए पनि दीर्घकालका लागि यो गठबन्धन टिक्दैन ।”  मुलुकमा राजनीतिक स्थिरता र सुशासन कायम गर्न सदैव लडिरहने उनले बताए ।

“हामी प्रतिपक्षमा बसेर पनि राजनीतिक स्थिरता र सुशासनका निम्ति सदैव लड्नेछौँ,” नेता पौडेलले भने ।  उनले राष्ट्रिय सहमतिको आवश्यकता औँल्याउँदै भने,  “देशलाई सहमतिको आवश्यक छ । राष्ट्रिय सहमतिको सरकार निर्माण गर्न नेताले हिम्मत गर्नुपर्छ ।”

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार