२०८३, कार्तिक २१ गते

शुक्रवार, कार्तिक २१ गते २०८३

सुनको भाउ तोलामा ४०० रूपैयाँले घट्यो

शुक्रवार , पौष १, २०७९

 काठमाडौँ,पुस।नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको मूल्य तोक्दै तोलामा ४०० रूपैयाँले सुनको भाउ घटेको जानकारी दिएको हो ।

आज छापावाल सुनको मूल्य तोलामा ९९ हजार ९०० र तेजाबी सुनको मूल्य ९९ हजार ४०० रूपैयाँ छ । हिजो बिहीबार छापावाल सुनको मूल्य १ लाख ३०० रूपैयाँ र तेजाबी सुनको मूल्य ९९ हजार ८०० रूपैयाँ थियो बुधबार सुनको मूल्य तोलामा १ लाख १ हजार रुपैयाँ कायम थियो ।

यस्तै, तेजाबी सुनको मूल्य १ लाख ५०० रूपैयाँ कायम थियो। आज चाँदीको मूल्य तोलामा १० रूपैयाँले घटेको छ । महासंघले हिजो बिहीबारको तुलनामा आज १० रूपैयाँले घटेर १३ सय ७० रूपैयाँ कायम भएको जनाएको छ । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार