काठमाडौँ, मंसिर । जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रतिनिधिसभाका सदस्यका लागि समानुपातिक सांसदको नामावली निर्वाचन आयोगमा बुझाएको छ ।
पार्टीको शनिबार बसेको कार्यकारिणी समितिको बैठकले पाँच जना नाम आयोगलाई बुझाएको मुख्य सचिव प्रकाश अधिकारीले जानकारी दिएका छन ।
यसरी सिफारिस हुनेमा प्रकाश अधिकारी, सुशीला श्रेष्ठ, रेखा यादव, रञ्जु ठाकुर र सहनाज रहमान छन् । पार्टीले प्रदेशसभा सदस्यका लागि पनि समानुपातिक सांसदको नाम टुंग्याएको छ ।