२०८३, कार्तिक २१ गते

शुक्रवार, कार्तिक २१ गते २०८३

नेप्से परिसूचक घट्यो : 'कारोबार रकम पनि खुम्चियो'

मंगलवार , मंसिर २०, २०७९


काठमाडौँ, मंसिर । आज नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक,  चार दशमलव ८७ अङ्कले घटेर एक हजार ९३३ दशमलव ८८ मा कायम भएको छ । नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेको छ ।  आज  २३८ वटा कम्पनीको २५ लाख ८१ हजार  ४२५ कित्ता शेयर रु ९६ करोड ५२ लाख १० हजार ८९९ मा खरिदबिक्री भएको छ ।  

यस हप्ताको कारोबारमा सुरुका दुई दिन आइतबार र सोमबार दैनिक रु डेढ अर्बभन्दा बढीको कारोबार भएको थियो । आजको कारोबारमा ७८ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने एक सय नौ वटा कम्पनीको शेयर मूल्य घटेको छ । 

आज तीनवटा समूहका बाहेक सबै समूहका उपसूचक घटेका छन् । जीवन बीमा समूह शून्य दशमलव ६७, लघुवित्त समूह १२ दशमलव ४० र अन्य समूह आठ दशमलव २८ अङ्कले बढेको छ । बाँकी सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै उत्पादन समूहको उपसूचक ३५ दशमलव ०३ र निर्जीवन बीमा समूहको उपसूचक २७ दशमलव ०५ अकले घटेको छ ।

 त्यस्तै, बैंकिङ समूह पाँच दशमलव ३१, विकास बैंक समूह २३ दशमलव ८६, वित्त समूह एक दशमलव २२, होटल समूह तीन दशमलव १३ र जलविद्युत् समूह आठ दशमलव ७७ अङ्कले घटेको छ । व्यापार समूह छ दशमलव ९८ अङ्कले घट्दा म्युचूअल फन्ड शून्य दशमलव १० र लगानी समूह शून्य दशमलव ५२ अङ्कले घटेको छ ।

आजको कारोबारमा सबैभन्दा धेरै धौलागिरि लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य प्रतिकित्ता आठ दशमलव १७ प्रतिशतले बढेको छ भने एनएमबि बैंकको शेयर मूल्य प्रतिकित्ता छ दशमलव ०७ प्रतिशतले घटेको छ । 

कारोबार रकम र शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै शिवम् सिमेन्ट रु आठ करोड १२ लाख ३४ हजार बराबरको एक लाख ३९ हजार ५०३ कित्ता शेयर किनबेच भएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार