२०८३, कार्तिक २१ गते

शुक्रवार, कार्तिक २१ गते २०८३

सुनको मूल्य प्रतितोला रु ९९ हजार नौ सय

सोमवार , मंसिर १९, २०७९

काठमाडौँ, मंसिर । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु चार सयले बढेको छ । हिजो प्रतितोला रु ९९ हजार पाँच सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु ९९ हजार नौ सय पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९९ हजार चार सय छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९९ हजार थियो ।

 चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा आज प्रतितोला रु १५ले बढेर रु एक हजार तीन सय ८५ पुगेको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार