२०८३, कार्तिक २१ गते

शुक्रवार, कार्तिक २१ गते २०८३

सुन तोलामा एक सयले सस्तियो

मंगलवार , मंसिर १३, २०७९

काठमाडौँ, मंसिर।सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु एक सयले घटेर रु ९७ हजार चार सय तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९७ हजार पाँच सयमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९६ हजार नौ सय छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९७ हजार थियो ।

आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला रु एक हजार दुई सय ८५ कायम रहेको महासङ्घले जनाएको छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारको सुन तथा चाँदीका कारोबार मूल्यका आधारमा यहाँ दैनिक मूल्य तोक्दै आएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार