२०८३, कार्तिक २१ गते

शुक्रवार, कार्तिक २१ गते २०८३

सामान्य अङ्कले घट्यो नेप्से : ' दुई अर्ब बढीको कारोबार'

सोमवार , कार्तिक २१, २०७९


काठमाडौँ, कात्तिक । यो साता कारोबारको पहिलो दिन आइतबार उच्च अङ्कले बढेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज भने सामान्य अङ्कको गिरावट देखिएको छ । सोमबार परिसूचक ६ दशमलव ४३ अङ्कले घटेर एक हजार नौ सय ५८ दशमलव ९४ विन्दुमा कायम भएको हो ।

आज रु दुई अर्ब १० करोड ९१ लाख ६३ हजार तीन सय ८५ बराबरको ४९ लाख ४४ हजार ७६ कित्ता शेयर किनबेच भएको नेप्सेले जनाएको छ ।
आज व्यापार, जीवन बीमा, म्युचुअल फन्ड, लगानी र अन्य समूहको उपसूचक बढेको छ भने बाँकी सबै समूहको उपसूचक घटेको छ । 
सबैभन्दा धेरै जीवन बीमा समूहको उपसूचक ४६ दशमलव एक अङ्कले बढेको छ भने व्यापार समूहको उपसूचक तीन दशमलव २५ अङ्कले बढेको छ ।
त्यस्तै, सबैभन्दा ठूलो अङ्कको गिरावट निर्जीवन बीमा समूहको उपसूचकमा देखिएको छ । निर्जीवन बीमाको उपसूचक ८१ दशमलव १५ अङ्कले घटेको छ । 
त्यसैगरी, उत्पादन समूहको ६६ दशमलव ९९, विकास बैंक समूहको ३९ दशमलव ५४ र लघुवित्त समूहको उपसूचक २१ दशमलज ५२ अङ्कले घटेको नेप्सेले जनाएको छ । 
बैंकिङ समूह तीन दशमलव ९९, होटल तथा पर्यटन समूह एक दशमलव ८३, जलविद्युत् समूह ६ दशमलव ०४, र वित्त समूह नौ दशमलव ७४ अङ्कले घटेको छ ।
आजको कारोबारमा धौलागिरि लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै ८ दशमलव १३ प्रतिशतका दरले कमाएका छन् भने सबैभन्दा धेरै ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले प्रतिकित्ता ५ दशमलव ७० प्रतिशतका दरले गुमाएका छन् ।
कारोबार रकमका आधारमा सबैभन्दा धेरै जालपा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको रु १५ करोड १६ लाख १३ हजार  १६३ बराबरको शेयर किनबेच भएको छ । 
कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको दुई लाख ३५ हजार २४३ कित्ता शेयर खरिद बिक्री भएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार