गाईघाट, कात्तिक । परराष्ट्रमन्त्री डा.नारायण खड्काले आउदो निर्वाचनपछि नेपाली काँग्रेसको नेतृत्वमा गठबन्धनको नयाँ सरकार बन्ने बताएका छन । उदयपुरको चौदण्डिगढी नगरपालिका वडा नं १० स्थित खैराहा झोडामा लोकतान्त्रिक बाम गठबन्धनले बुधवार आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रलाई सम्बोधन गर्दै उनले भने, संविधानको रक्षा र परिवर्तनको उपलव्धिलाई संस्थागत गरी मुलुकमा शान्ति, स्थायित्व, विकास र समृद्विका लागि वर्तमान सत्ता गठबन्धन भएको हो ।
उनले थपे, यो निर्वाचनपछि काँग्रेसको नेतृत्वमा वाम गठबनधनको दुई तिहाइको सरकार बन्नेमा कुनै सङ्का छैन, ढुक्क भएर गठबन्धनका उम्मेदवारहरुलाई मतदान गन’स ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्यसमेत रहनुभएका डा.खड्काले संविधान विरोधी तत्वहरुलाई परास्त गरी मुलुकमा राजनैतिक स्थायित्वको लागि लोकतन्त्रवादी शक्तिलाई बलियो बनाएर लैजान आवश्यक्ताका आधारमा अहिलेको गठबन्धन निर्माण भएको र निर्वाचन पछिसमेत यो गठबन्धन कायमै रहने स्पष्ट पारेका छन ।
उदयपुरको निर्वाचन क्षेत्र नं १ मा लोकतान्त्रिक वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार रहेका डा.खड्काले विकास निर्माण,जनताको आर्थिक समृद्वि, रोजगारीका अवसरहरुको खोजी तथा गरिवि निवारण जस्ता समस्याको समाधानलगायतका कामहरु गर्न अव बन्ने सरकारले योजनाबध्द ढङ्गले काम गर्ने बताए ।
हाम्रो देश नेपाल बहुधार्मिक, बहुभाषिक, बहुजातीय र बहुसाँस्कृति विशेषताले भरिपूणृ भएकोले सवै धर्म जातजाती, भाषाभाषी र संस्कृतिलाई उत्तिकै सम्मान गर्ने जनप्रतिनिधि निवाचित गर्न उहाँले आम मतदातालाई आह्वान गर्नुभएको छ । यस अघि पनि लगातार तीनपटक सम्म सो क्षेत्रबाट निर्वाचित हुदै आउनुभएका डा.खड्काले यस क्षेत्रको विकासमा आपूmले अहम भूमिका खेलेको बताए ।
उनले भने, सप्तकोसी स्थित चतारा पुल निर्माण, त्रियुगा नदी नियन्त्रणको लागि करिव आठ अर्वको ठूलो प्रोजेक्ट सञ्चालन, जिल्ला भित्रका अनकौ ठाउहरुमा खानेपानीका योजनाहरु निर्माण, रामपुर, बसाहा,बेल्टार, हडिया, जोगिदह, बालमन्दिर गाईघाट तथा मोतिगढास्थित त्रियुगा जगता क्याप्सको प्रसाशनिक भवनलगायतका उच्च शिक्षा अध्ययन हुने ठुला शैक्षिक संसथाहरुको भवन निर्माणमा अप्mनो अहम भूमिका रहेको बताए ।
कार्यक्रलाई सम्बोधन गर्दै नेकपा माओवादीका तफबाट गठबन्धनका अर्का प्रदेशसभा सदस्य पदका उम्मेदवार राजन किराातीले निर्वाचन पछि प्रदेश १ को सरकार पनि गठबन्धनकै निर्माण हुने कुरामा कुनै दुविधा नभएकोले आम मतदाताले ढुक्क भएर भोट दिन अनुरोध गरे ।