२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

एमाले अध्यक्ष ओलीद्वारा झापाको क्षेत्र नम्बर ५ मा उम्मेदवारी दर्ता

आइतवार , आश्विन २३, २०७९

दमक,भदौ।नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्यका लागि झापाको क्षेत्र नम्बर ५ मा उम्मेदवारी दर्ता गराउनुभएको छ । अध्यक्ष ओलीले आफ्नो निर्वाचन क्षेत्रमा रहेको निर्वाचन अधिकृत कार्यालयमा आफैँ पुगेर आज दिउँसो उम्मेदवारी दर्ता गर्नुभएको हो ।

उम्मेदवारी दर्ता गर्न उहाँ शनिबार नै झापा आइपुग्नुभएको थियो । झापा क्षेत्र नं ५ को निर्वाचन परिचालन कमिटीका संयोजक एवं एमाले पोलिटब्यूरो सदस्य देवेन्द्र दाहालका अनुसार सङ्घीय संसद्का लागि अध्यक्ष ओलीको मनोनयन दर्तामा उम्मेदवार प्रतिनिधि केन्द्रीय सदस्य रोमनाथ ओली र प्रस्तावकमा केन्द्रीय सदस्य ओली र प्रदेश सदस्य अम्बिका खनाल हुनुहुन्छ ।

यस्तै समर्थकमा केन्द्रीय सदस्य गीता अधिकारी र जिल्ला अध्यक्ष दीपक कार्की रहनुभएको छ  । उहाँँसँगै एमालेबाट क्षेत्र नं ५ प्रदेश (क) मा हिक्मतकुमार कार्की र प्रदेश (ख) मा होमबहादुर थापालेसमेत उम्मेदवारी दर्ता गराउनुभएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार