२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

गठबन्धनलाई निरन्तरता दिनु आजको आवश्यकता  : अध्यक्ष यादव

बुधवार , भाद्र २२, २०७९


काठमाडौँ, भदौ । जनता समाजवादी पार्टी (जसपा) का राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा गठबन्धनलाई निरन्तरता दिनुपर्ने आजको आवश्यकता भएको बताएका छन ।    
पर्साको वीरगञ्जमा आज जसपाको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष यादवले साझेदार गठबन्धनबाट  जसपालाई उचित स्थानसमेत दिनुपर्ने बताएका हुन ।  
जसपाको हैसियतअनुसार सिट बाँडफाँट नगरिए जसपा एक्लै चुनाव लड्ने उद्योष गर्दै त्यहीअनुसारको तयारीमा लाग्न नेता कार्यकर्तालाई यादवले निर्देशनसमेत दिएका छन ।  
सङ्घीयता र गणतन्त्रको जननी मधेसी दल रहेको दाबी गर्दै यादवले मधेस र मधेसवासीको पहल कदमीका कारण  मुलुकमा सङ्घीयता र गणतन्त्र आएको बताए । 
त्यसैले सङ्घीयता, गणतन्त्रलगायतका प्राप्त राजनीतिक उपलब्धिको रक्षा गर्ने मुख्य अभिभारा जसपाकै भएको उल्लेख गरे । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार