काठमाडौँ, भदौ ।नेपाल सुनचाँदी व्यवसायी महासंघले लगातार तेस्रो दिन सुनको मूल्य बढेको जनाएको छ । महासंघले साताको पहिलो कारोबार दिन आइतबार सुनको मूल्य तोलामा ६०० रुपैयाँले बढेको जनाएको थियो ।
यस्तै, सोमबार १०० रुपैयाँले सुनको मूल्य आज मंगलबार थप ३०० रुपैयाँले बढेको हो । आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य ९३ हजार ५०० रुपैयाँ कायम भएको छ ।
हिजो सोमबार छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ७०० र तेजाबी सुनको मूल्य तोलामा ९३ हजार २०० रुपैयाँ थियो । महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेर ११ सय २५ रुपैयाँ कायम भएको छ ।