२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

तनहुँ–२ : कांग्रेसबाट प्रदीप पौडेलको नाम सिफारिस

शनिवार , भाद्र १८, २०७९


काठमाडौँ, भदौ ।  नेपाली कांग्रेसले तनहुँ–२ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवारका लागि प्रदीप पौडेलको नाम सिफारिस गरेको छ । 
क्षेत्रीय कार्यसमितिको बैठकले प्रत्यक्षतर्फ प्रतिनिधिसभा सदस्यका लागि पौडेलसहित केन्द्रीय सदस्य ध्रुव वाग्ले र जिल्ला सभापति जितप्रकाश आलेको नाम सिफारिस गरेको हो । 
पार्टीभित्र युवा नेता कार्यकर्ता माझ लोकप्रिय रहेका पौडेल यहाँबाट पटक–पटक उम्मेदवारका लागि सिफारिस भएका छन् । 
नेता रामचन्द्र पौडेल तनहुँ–१ बाट चुनाव लड्दै आएका छन् । तर सभापति शेरबहादुर देउवा निकट नेता शंकर भण्डारी र गोविन्द भट्टराई त्यही क्षेत्रबाट उम्मेदवारका आकांक्षी छन् । केन्द्रमा कृष्णप्रसाद सिटौलासँग निकट रहेका पौडेल ०७४ को निर्वाचनमा पनि तनहुँ–२ बाटै प्रतिनिधिसभा सदस्यका लागि सिफारिस भएका थिए । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार