२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

 कैलाली ५  : प्रतिनिधिसभा सदस्यमा कांग्रेसबाट  डा आरजु राणा देउवा सिफारिस

बिहिवार , भाद्र १६, २०७९


धनगढी, भदौ । नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा देउवा कैलाली जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं ५ बाट पार्टीको उम्मेदवार सिफारिस भएकी छन । 
कांग्रेसको क्षेत्रीय कार्यसमितिको आज अपराह्न बसेको बैठकले डा राणालाई सर्वसम्मत उम्मेदवार बनाउने निर्णय गरेको क्षेत्रीय सभापति भीम पडालले सञ्चारकर्मीलाई जानकारी दिएका छन ।  
यो क्षेत्रबाट युवा नेता क्षितिज भण्डारी पनि आकांक्षी रहेकामा उनको पक्षमा कार्यसमितिमा सहमति बन्न नसकेको पडालले बताए ।  कांग्रेस नेत्री राणाले निर्वाचन क्षेत्र नं ५ बाट पाँच वर्षअघि भएको निर्वाचनमा समेत प्रतिनिधि सभासदस्य पदका लागि प्रतिस्पर्धा गरेकी थिईन । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार