२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

'कम्युनिष्ट शक्तिको सुदृढीकरण आवश्यक छ' : अध्यक्ष नेपाल

बुधवार , भाद्र ८, २०७९


काठमाडौँ, भदौ । नेकपा  (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले जनताको अपेक्षाका साथै मुलुकको विकास र समृद्धिका लागि कम्युनिष्ट शक्तिको सुदृढीकरण आवश्यक रहेको बताएका छन । 

पार्टीको केन्द्रीय सङ्गठन विभागको आयोजनामा आज केन्द्रीय विभागका प्रमुख र उप–प्रमुखको संयुक्त बैठकमा अध्यक्ष नेपालले जनतासँग जोडिएका समस्या समाधान गर्न सामाजिक न्याय, समानता कायम गर्न कम्युनिष्ट आदर्श वैज्ञानिक रहेको बताउँदै त्यसका नेता जनहितका पक्षमा संवेदनशील हुने गरेको बताए ।  
जनताको मन र विश्वास जित्ने गरी जनसरोकारका क्षेत्रमा क्रियाशील रहन नेता तथा कार्यकर्तालाई निर्देशन दिँदै उनले वाम शक्तिको एकताबाट सामाजिक रुपान्तरण तथा आर्थिक सशक्तीकरण हुने हुँदा त्यसतर्फ जनतालाई जागरुक बनाउनुपर्नेमा जोड दिएका छन । 
 बैठकमा विभागका कामको संक्षिप्त रिपोटिङसहित चुनावी घोषणापत्रका लागि सुझाव सङ्कलन गरिएको थियो । बैठकमा १७ वटा विभागले आ–आफ्ना विभागका काम र आगामी कार्ययोजनाको जानकारी गराएका थिए । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार