२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

सुनकाे भाउमा नयाँ रेकर्ड, मूल्य अझै बढ्न सक्ने

बिहिवार , फाल्गुण ८, २०७६

काठमाडौं, फागुन । सुनको भाउले बिहीबार नेपाली बजारमा नयाँ कीर्तिमान कायम गरेकाे छ । 

सुनकाे भाउ बिहीबार पाँच सय रुपैयाँले बढेर तोलाको ७७ हजार ६ सय रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यावसायी महासङ्घले जनाएको छ ।

चीनमा फैलिरहेको कोरोना भाइरसको सङ्क्रमणका कारण सुनको भाउ लगातार बढेको छ । यो भाउ अझै बढ्न सक्ने अनुमान गरिएको छ ।

कोरोना भाइरसका कारण अन्य लगानीका बजारमा नकारात्मक असर परेकाले सुनमा लगानी बढ्दा भाउ बढेको हो । यस्तै बिहीबार चाँदी पनि तोलामा ९ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार