२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

नेकपा एकीकृत समाजवादी

पूर्वप्रधानमन्त्री खनाल भन्छन : 'वामपन्थी र समाजवादी मोर्चा बनाएर निर्वाचनमा जानुपर्छ '

आइतवार , श्रावण ८, २०७९

 

काठमाडौँ, साउन ।  संघीय तथा प्रदेश संसद निर्बाचन नजिकिदै जाँदा  पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)  का नेता झलनाथ खनालले वामपन्थी र समाजवादी शक्तिको एउटै मोर्चा बनाएर निर्वाचनमा जानुपर्ने बताएका छन् ।
नयाँ बानेश्वरस्थित संसद्‍ भवनमा आईतबार सञ्चारकर्मीसँग  कुरा गर्दै पूर्वप्रधानमन्त्री खनालले भने, देशका वामपन्थी र समाजवादी शक्तिहरूको एउटै मोर्चा बनाएर निर्वाचनमा जाने छलफल भइरहेको छ । 

नेता खनालले यस सम्बन्धमा दुई पटक छलफल भइसकेको र छलफलको क्रम जारी रहेको पनि उल्लेख गरे । उनले देशको आवश्यकता वामपन्थी शक्ति एकै ठाउँमा आउनु भए पनि कतिपपय समूह त्यसका लागि तयार नभएको बताए ।
उनले भने, ‘हामी जम्माजम्मी दुई पटक बसेका छौँ,  छलफल जारी छ । देशका वामपन्थी र समाजवादी पार्टी, समूह एकतावद्ध भएर एउटा मोर्चा बनाएर चुनावतिर जाऊँ भन्नेखालका कुरा सोच्दैछौँ । सल्लाह गर्दैछौँ । '
'आवश्यकताको दृष्टिले सबै वामपन्थीहरू एक ठाउँमा आउनु अहिलेको आवश्यकता हो । तर कतिपय समूह तयार नै छैनन् । आउने चुनावमा बिल्कुलै सम्मानजनक ढंगले सबैको बीचमा सहमति हुनुपर्ने आवश्यकता छ ।’
तत्कालीन आवश्यकता पाँच दलीय गठबन्धनको भए पनि दीर्घकालीन आवश्यकता भने वाम एकता रहेको उनको भनाइ थियो । वाम एकताको सम्बन्धमा नेकपा (एमाले) सँग पनि कुराकानी चलेको भए पनि प्रभावकारी नभएको उनको भनाइ छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार