२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

नेपाल प्रेस युनियन चितवन देशकै उत्कृष्ट शाखा घोषणा

शुक्रवार , श्रावण ६, २०७९

काठमाडौँ, साउन ।नेपाल प्रेस युनियन चितवन शाखा देशमै उत्कृष्ट भएको छ । युनियनको हेटौँडामा आजदेखि शुरु भएको नवौँ राष्ट्रिय महाधिवेशनमा चितवन शाखालाई उत्कृष्ट घोषणा गर्दै सम्मान गरिएको हो । महाधिवेशनको नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्नुभयो ।

युनियनको आफ्नै नाममा जग्गा प्राप्त गरी कार्यालय भवन निर्माण गरेको भन्दै चितवन शाखाका निवर्तमान अध्यक्ष नारायण अधिकारी र वर्तमान अध्यक्ष अनिल ढकाललाई सम्मान गरिएको छ । अधिकारी नेतृत्वको युनियनको चितवन शाखाले जग्गा प्राप्त गरी भवन निर्माण गरेको थियो ।

नेपाल पत्रकार महासङ्घ बाहेक पत्रकार सम्बद्ध सङ्घसङ्गठनको युनियनको चितवन शाखा भवन पहिलो र एकमात्रै हो । भरतपुर महानगरपालिका ११, गोर्खाली टोलमा समाजसेवी सुश्री मैयादेवी श्रेष्ठले उपलब्ध गराउनुभएको जग्गामा युनियनले १०० जना क्षमताको सभाकक्षसहित कार्यालय भवन निर्माण गरेको छ । महाधिवेशन नयाँ नेतृत्व चयन गर्र्दै शनिबार सम्पन्न हुँदैछ । युनियन लोकतन्त्रवादी पत्रकारको साझा संस्था हो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार