२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

नेपाल कम्युनिष्ट पार्टी एमाले 

अध्यक्ष ओलीले भने : 'गठबन्धन दलभित्रका नेताका स्वार्थले आफैं फुट्नेछन ' 

बुधवार , श्रावण ४, २०७९


काठमाडौँ, साउन । सत्ता गठबन्धन भत्काउन प्रयास गर्न नहुने  प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले बताएका छन् । उनले भने,  गठबन्धभित्रका दलका नेताका स्वार्थले आफैं फुट्नेछन ।  
एमाले वाग्मती प्रदेशस्तरीय भेला तथा प्रशिक्षण कार्यक्रममा बुधबार ओलीले भने,  आगामी निर्वाचनमा अहिलेको सत्ता गठबन्धनमा रहेका दललाई साथ लिन आवश्यक  छैन । 
यिनीहरूको उद्देश्य र  गन्तव्यमा होइन स्वार्थको एकता हो । स्वार्थको एकता स्वार्थको टकरावमा बदलिन्छ । त्यसैले धेरै हतार गरेर यिनीहरूको एकता तोड्नका लागि चाँदीको तरबार बनाउनु आवश्यक छैन । स्वार्थको टकरावबाट आफै फुट्छ, आफ्नै हिसाबले, उनले भने ।
सत्ता गठबन्धनमा रहेका कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी एउटै प्रवृत्तिका दलहरू भएकाले उनीहरूमध्ये एउटालाई एमालेले आफ्नो साथमा लिएर अरुविरुद्ध लड्न आवश्यक नभएको उनको भनाई थियो । 
तत्कालीन नेकपामा आफूले दिएको शक्ति लिएर आफैलाई सडकमा पुर्‍याएको र कारबाही गरिएको स्मरण गर्दै ओलीले कांग्रेसको नेतृत्वमा सरकारमा रहेका वामपन्थी दल हुनै नसक्ने पनि बताए । माओवादी र एकीकृत समाजवादी वामपन्थी दल भए एमाले वामपन्थी नहुने उनको भनाइ थियो ।'
हामीले दिएको तागत लिएर, एकता गर्दा मैले दिएको तागत लिएर हामीलाई सडकमा पुर्‍याएको होइन ? भविष्यमा समेत अयोग्य हुने गरी कारबाही गर्नेहरू होइनन् ? हामीले दिएको संख्या दुरुपयोग गरेर, उनले भने ।

एमालेसँग गठबन्धन गर्ने हो भने अहिलेको सत्ता गठबन्धन छोड्नुपर्ने ओलीको सर्त थियो । 'कोही वामपन्थी भए गठबन्धन गर्न एमाले तयार छ । त्यसका लागि गठबन्धन छोडेर आउनुपर्छ, उनले भने । 
तर, उनीहरू एमालेसँग गठबन्धन गर्न आउनेमा आफू विश्वस्त नभएको उनको भनाइ थियो । आफ्नै कार्यकर्ता अर्को दललाई भोट हालिरहेको अवस्थामा पार्टी फुटाएर, सरकार ढलाएर जानेहरू आउनेमा आफूलाई विश्वास नभएको भन्दै उनले आग्रह गरे, देश बनाउने कुरामा यी आउलान्, लाग्लान् भन्ने विश्वास छैन । यहाँ आफ्नै साथीहरू त अर्कालाई भोट दिन कुदिराख्या बेलामा त्यस्ताको के विश्वास गर्नु । त्यसैले पार्टी बनाउन, पार्टीको शुद्धीकरण थालौं । आफूलाई कम्युनिस्ट बनाउँ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार