२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

नेकपा एकीकृत समाजवादी 

अध्यक्ष नेपालले भने : 'नेकपालाई ओलीले कम्पनीझैं चलाउन खोजे, हामी बस्न सकेनाैँ '   

बुधवार , श्रावण ४, २०७९

 

काठमाडौँ, साउन ।  नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले तत्कालीन नेकपा फुटाउन केपी शर्मा ओली नै कारक रहेको बताएका छन ।

अध्यक्ष्य नेपालले  बुधबार काठमाडौंमा आयोजित 'स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूको अभिमुखीकरण' कार्यक्रमलाई सम्बोधन गर्दै  भने, नेकपालाई ओलीले एकलौटी रूपमा कम्पनीझैं गरी चलाउन खोजेपछि आफूहरू एक ठाउँमा बस्न नसकेका हौँ । 
नेकपाका तत्कालीन अध्यक्ष ओलीप्रति लक्षित गर्दै नेपालले भने, सरकारमा पनि आफ्नो आदेश पालना गर्नेलाई मात्र मन्त्री बनाउने काम भयो । बहुमत पुग्दैन कि भनेर पार्टीको बैठक नै बोलाइएन ।ु

त्यस्तै नेपालले दुई(दुई पटक प्रतिनिधिसभा विघटन हुँदा पार्टी र देशलाई नै नोक्सान पुगेको पनि बताए । संसद् नै भंग गरेर जबर्जस्ती देशलाई चुनावमा होम्न खोजियो । राज्यका निकायलाई दुरुपयोग गरी चुनाव जित्ने प्रपञ्च रचियो । लोकतन्त्र र संविधान बचाउन हजारौँ नागरिक सडकमा उत्रिए । सर्वोच्चको फैसलापछि दोस्रो पटक पनि संसद् विघटन भयो, नेपालले भने ।

त्यस्तै अध्यक्ष ओलीले आफ्ना  यसम्यान बटुलेर विधान संशोधन गरेको समेत नेपालको भनाइ थियो । ओलीले यसम्यानहरूलाई सामेल गरेर एकलौटी विधान संशोधन गर्नुभयो । एकलौटी कारबाही गरेपछि हामीलाई ुतथास्तुु र आममाफी भयो भन्ने काम भयो । त्यसपछि कम्युनिस्ट पार्टी कम्युनिस्ट पार्टी रहेन त्यसमा राजामहाराजाहरूको गन्ध देखिन थाल्यो । नेकपा फुटाउन ओलीले नै भूमिका खेल्नुभयो, उनले भने ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार