२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

नेपाली कांग्रेस केिन्द्रीय समीती बैठक

सभापती देउवाको महामन्त्रीहरूलाई जवाफ : 'मलाई धेरै खेद्नु पर्दैन, फोन उठाउने गर्नुस्'

शनिवार , आषाढ ३२, २०७९

 

काठमाडौँ, असार । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो धेरै आलोचना नगर्न आग्रह गरेका छन् । केन्द्रीय कार्यसमितिको शनिबारको बैठकमा पदाधिकारीहरूले सभापति देउवाले एकलौटी गरेको आरोप लगाएपछि जवाफमा देउवाले आफूलाई धेरै नखेद्न आग्रह गरे ।

मैले तरुण दल र नेविसंघ गठन गर्दा सबैलाई सोधेको हो। त्यसपछि तपाईंहरूको फोन उठेन, फोन उठाउने गर्नुस् - देउवाले भनेका थिए । महामन्त्री गगन थापाले किसान संघ र जनजाति संघ गठन गर्दा विज्ञप्तिमार्फत थाहा पाएको भनेपछि देउवाले यस्तो जवाफ फर्काएका हुन् ।

सभापति देउवाले पार्टीभित्र सबैलाई मिलाएरै अघि बढ्न चाहेको बताए । उनले आफूलाई कुनै बेला पार्टीले साधारण सदस्यबाटै हटाएको समेत स्मरण गरे । एउटा कालखण्डमा म पनि कांग्रेसको क्रियाशील सदस्य नै खोसिएको मान्छे हुँ। अहिले त्यस्तो छैन ।

मेरो चाहना अहिले कांग्रेसलाई पहिलो पार्टी बनाउने हो, फेरि म सभापति हुने होइन । अब पार्टी चलाउने तपाईंहरूले नै हो, बैठकमा सभापति देउवाले बोलेको उदृत गर्दै केन्द्रीय सदस्य रामहरि खतिवडाले भने, मैले शेखरजीलाई पनि साथै लिएर जाने हो ।

सभापति देउवाले अहिले गठबन्धन गरेरै अघि बढ्नुपर्ने परिस्थिति रहेको दाबी गरे । माधवजी मलाई प्रधानमन्त्री बनाउन एमाले छोडेर आउनुभयो, प्रचण्डलाई गिरिजाबाबुले शान्ति प्रक्रियामा ल्याउने बेलादेखि नै साथै लिएर हिँड्नुभएकै हो ।

अहिलेको परिस्थिति नै त्यस्तै छ, हामी एक्लै जित्दैनौँ, त्यसकारण पनि अहिले गठबन्धन गर्नु आवश्यक छ, देउवाले भनेका थिए, गठबन्धन भइहाल्यो । अब अहिले नै माधव नेपाल र प्रचण्डहरूको साथ छोड्ने बेला भएको छैन ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार