काठमाडौँ, असार । राष्ट्रियसभाका सांसद नारायणकाजी श्रेष्ठले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले तत्काल राजीनामा दिनुपर्ने बताएका छन । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा बोल्दै उनले नेकपा (एमाले) को अर्थ तथा योजना विभागका सदस्य एम अधिकारी भनेर उल्लेख भएको र त्यो उहाँको संक्षिप्त नाम हो भन्ने रहेको उल्लेख गरेका छन ।
विसं २०७३ मा उक्त विभागमा महाप्रसाद अधिकारीको नाममा रहेको र अहिले एम अधिकारीको नाममा रुपान्तरित भएर अर्थ तथा योजनाविद् भनेर राखिएको उनको दाबी छ ।
“विवाद भएर सबैलाई उहाँ नै हो भन्ने लागेकाले कि त होइन भन्ने पुष्टि भएको कागज सार्वजनिक गर्नुप¥यो, होइन भने विवाद आयो भनेर उनले राजीनामा दिनुप¥यो”, नेकपा (माओवादी केन्द्र) का वरिष्ठ नेतासमेत रहनुभएका सांसद श्रेष्ठले भने , यस विषयमा उनले एमाले र सम्बन्धित अधिकारीको ध्यानाककर्षण समेत गराए ।
“अधिकारिको विषयमा एमालेले विश्वसनीय ढङ्गले खण्डन गरेको छैन, गर्नसक्ने स्थिति पनि होला की नहोला भन्ने प्रश्न गम्भीर छ”, नेता श्रेष्ठले प्रश्न गरेका छन ।
“राष्ट्र बैंकको ऐन २०५८ को दफा २१ ले गभर्नर, डेपुटी गभर्नर वा कुनै सञ्चालक सदस्य कुनै पनि राजनीतिक दलमा संलग्न हुनु हुँदैन भन्ने स्पष्ट व्यवस्था रहेको छ भने उहाँ त्यहाँ बसिरहन मिल्छ की मिल्दैन ?”
सांसद श्रेष्ठले संवैधानिक परिषदसम्बन्धीको विधेयक फिर्ता लिनसमेत आग्रह गरेका छन । अघिल्लो सरकारले त्यही काम गर्दा विरोध गरिएको जानकारी गराउँदै उनले सरकार हुँदा एउटा र नहुँदा अर्को कुरा गर्न नहुनेमा जोड दिएका छन । उनले निर्वाचनमा विदेशी सहयोग नलिन पनि अनुरोध गरे ।