काठमाडौं, असार। नेपाली कांग्रेसको सोमबारदेखि सुरु भएको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ ।आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने जानकारी दिए ।
सोमबारदेखि जारी बैठकमा स्थानीय निर्वाचनको समीक्षा, आगामी आम चुनावको रणनीति, सरकारको प्रभावकारिता र पार्टीका विभाग, भ्रातृ तथा शुभेच्छुक संस्था गठन र पूर्णताका विषयमा छलफल केन्द्रित छ ।
सरकारले गरेका काममाथि बैठकमा प्रश्न उठेपछि आजको बैठकमा काँग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरुले जवाफ दिने छन् ।आजको बैठमा केन्द्रीय सदस्यहरूले उठाएको प्रश्नको पार्टीबाट सरकारमा सहभागी भएका मन्त्रीहरूले जवाफ दिनेछन् । देउवा नेतृत्वको सरकार एक वर्ष पुगेको अवसरमा नेताहरूले सरकारबारे प्रश्न गरेका थिए । ती प्रश्नको मन्त्रीहरूले आज जवाफ दिनेछन्।