वीरगन्ज, असार । जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षको केन्द्रीय समिति बैठक बुधबारदेखि वीरगन्जमा सुरु भएको छ । जसपाका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले आफ्नो पक्षको बैठक काठमाडौंमा सुरु गरेको भोलिपल्टै यादव पक्षको बैठक वीरगन्जमा सुरु भएको हो ।
तर, वीरगन्जको बैठक केन्द्रीय कार्यकारिणी समितिको निणर्यबाट प्रारम्भ भएको अध्यक्ष उपेन्द्र यादवले बताएका छन् । बैठकमा विभिन्न एजेन्डा, कार्यसूची प्रस्तुत गरिने र विस्तृतरुपमा विचार विमर्श गरी निष्कर्षमा पुगी पार्टी र सिंगो मुलुकलाई एउटा दिशा दिने प्रयास रहने अध्यक्ष यादवले बताए ।
यस क्रममा नेता यादवले भट्टराईलाई लक्षित गर्दै अस्थिर मानसिकताले पार्टी र संगठनको निर्माण हुन नसक्ने बताए । बाबुराम समूहले काठमाडौँमा गरेको भेलामा जसपाको ब्यानर दुरुपयोग गरेको यादवले आरोपसमेत लगाए । ‘उक्त बैठकले मान्यता र वैधानिकता पाउँदैन,’ उनले भने, ‘न्यूनतम राजनीतिक संस्कार नभएका व्यक्तिहरुको भेला हो ।’
उनका अनुसार स्थानीय तहको निर्वाचन भन्दा केही दिन पहिला संघीय परिषदको बैठक बस्यो । त्यसपछि केन्द्रीय समितिको बैठक बसेको हो । साथै केन्द्रीय कार्यकारणीको बैठक बस्यो । र उनीहरू निर्वाचनमा गएका हुन् ।
उनले भने, ‘स्थानीय तहको निर्वाचन हुँदै गर्दा कतै कतै केही साथीहरुले हस्ताक्षर चलाउनु भयो । तर, त्यो हस्ताक्षर केका लागि हो भन्दा बैठक बोलाउन भने । बैठक बोलाउन हस्ताक्षर गर्नुपर्छ र रु चुनवा सकेपछि बैठक बसिहाल्छ । त्यसपछि केन्द्रीय कार्यकारणी समितिको बैठक पनि बस्यो । त्यसमा डाक्साबले आफ्ना २र३ जना मान्छे पठाउनु भयो ।ु
यादवले भट्टराईलाई लक्षित गर्दै डाक्साबको हस्ताक्षर गराउने पुरानो बानी रहेको भन्दै व्यंग्य गरेका थिए । माओवादीमा हुँदा प्रचण्डलाई हटाउन पनि हस्ताक्षर गराउनु भएको थियो । त्यो हस्ताक्षर बुझाउँदा बाबुरामले हस्ताक्षर गराएका १८ जनाले बैठकमा विरोध गरेका थिए । बाबुरामले माओवादी छाडे, यहाँ पनि सन्जोग त्यस्तै भएको छ । उहाँले हस्तारक्षर गराउनुभयो । त्यो त पार्टीमा बुझाउनु पर्थ्यो नि । यहाँ बैठकमा पेस गर्नुपर्थ्यो । यसरी मेरो बहुमत छ भनेर देखाएको भए म अध्यक्ष छाडिहाल्थें । हस्ताक्षर बोकेर भाग्नु भएछ,’ यादवले भने ।
यादवले बाबुरामको मानसिकता अलि अलि गडबड भएको जस्तो लागेको भन्दै टिप्पणी गरेका थिए । ‘आफ्नो ३र४ जना समर्थक बोकेर उहाँ कता कता बालुवाटार तिर पनि पुग्नुभएको थियो । संसदीय दल पूरै कब्जा भयो ।
केन्द्रीय समितिमा अत्यधिक बहुमत भइसक्यो । उपेन्द्र यादव अध्यक्ष र संसदीय दलको नेता होइन, उनले भनेको हैन मैले भनेको मान्नु भनेर प्रधानमन्त्रीलाई भनेछन्,’ यादवले भने, ‘प्रमले निर्णय गरेर आउन भन्नुभयो । हिजोको बैठकमा उनी लगायत जम्मा दुई जना संसद रहेछन् । कार्यकारिणीमा बहुमत छ भन्नुभयो । तर, जम्मा ६ जनाको लिएर बस्नुभएको छ ।
यस्तै अब पूर्वमाओवादीसँग मिल्ने, माधवसँग मिलेर समाजवादी केन्द्र खोल्ने वा जसपामै बस्ने भन्नेमा बाबुरामको विचलन देखिएको भन्दै नेता यादवले व्यंग्य गरेका थिए ।