काठमाडौँ, असार । जेठमा विदेशी मुद्रा सञ्चितिमा सुधार देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको साउनदेखि जेठ मसान्तसम्मको ११ महिनाको वित्तीय विवरणअनुसार जेठमा करिब ३० अर्ब विदेशी विनिमय सञ्चिति थपिएको छ । वैशाख मसान्तसम्म ११ खर्ब ४६ अर्ब ८८ करोड रुपैयाँ बराबर विदेशी मुद्रा सञ्चिति रहेकोमा जेठ मसान्तसम्म ११ खर्ब ७६ अर्ब पुगेको छ ।
११ महिनाको समग्रतामा भने यस्तो सञ्चिति १५.९ प्रतिशतले घटेको छ । २०७८ असार मसान्तमा १३ खर्ब ९९ अर्ब ३ करोड बराबर रहेको कुल विदेशी मुद्रा सञ्चिति २०७९ जेठ मसान्तसम्म आउँदा १५।९ प्रतिशतले कमी आएको हो । अमेरिकी डलरमा यस्तो सञ्चिति २०७८ असार मसान्तमा ११ अर्ब ७५ करोड रहेकोमा २०७९ जेठ मसान्तमा १९.६ प्रतिशतले कमी आई ९ अर्ब ४५ करोड कायम भएको छ ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा १० खर्ब ३१ अर्ब ८९ करोड रुपैयाँ बराबरको छ भने बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग १ खर्ब ४४ अर्ब ९५ करोड रुपैयाँ बराबर छ । जेठ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २५ प्रतिशत छ । पछिल्लो समय रेमिट्यान्समा देखिएको केही सुधारले पनि मुद्रा सञ्चितिमा सकारात्मक प्रभाव देखिएको हो ।
आर्थिक वर्ष २०७८र७९ को दश महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले ७।३४ महिनाको वस्तु आयात र ६।५७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकले जनाएको छ ।