सुनसरी, असार । सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकको अर्थतन्त्रलाई श्रीलङ्काको बाटोमा जान नदिन सरकार सचेत रहेको बताएका छन ।
सुनसरी सदमरमुकाम इनरुवा–२ स्थित नेपाल टेलिकमको कार्यालयले आयोजना गरेको ‘एफटीटीएस’ नेटवर्क विस्तार तथा पार्टी प्रबेश कार्यक्रमका अवसरमा उनले भने, मुलुकको अर्थतन्त्र श्रीलङ्काको बाटोतर्फ गइरहेको छ भन्ने भनाइमा कुनै किसिमको सत्यता छैन ।
मुलुकको अर्थतन्त्र श्रीलङ्काको बाटोमा गइरहेको छ भनेर भ्रममा पार्ने कोसिस भइरहेको पनि उनले बताए । उनले त्यस खालका भ्रमबाट मुक्त हुन सबैलाई आग्रह गरे ।
सबैले एकताबद्ध ढङ्गले प्रयास गरे मुलुकको अर्थतन्त्रलाई छिट्टै सवल बनाउन सकिने मन्त्री कार्कीले दाबी गरेका छन । नेपालको अर्थतन्त्र श्रीलङ्काको बाटोमा गइराखेको छ भनेर एउटा सुनियोजित हल्ला चलाइएको उनले बताएका छन ।