२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

प्रधानमन्त्री- निर्वाचन आयोगका पदाधिकारी छलफल

 प्रधानमन्त्री देउवाले आयोगका पदाधिकारीलाइ भने : "प्रतिनिधि र प्रदेशसभा निर्वाचन एकैचरणमा "

बुधवार , आषाढ २२, २०७९

 

काठमाडौँ, असार । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि र प्रदेश सभाको निर्वाचन एकै चरणमा गर्ने बताएका छन् । निर्वाचन आयोगका पदाधिकारीसँगको छलफलमा प्रधानमन्त्री देउवाले प्रदेश र संघको निर्वाचन एकै चरणमा गर्ने बताएका हुन् ।  आयोग पदाधिकारीले प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार भेट गर्दै मंसिर २ गते प्रदेश र संघको निर्वाचन गर्न मिति प्रस्ताव गरेको हो ।
आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले २०७९ साल मंसिर २ गते प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचन गर्न सरकारलाई सुझाव दिएको बताए ।
‘हामीले प्रधानमन्त्रीज्यूलाई भेट्यौँ । कानुनबमोजिम निर्वाचन अवधि कायम राखेर आगामी मंसिर २ गते प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचन गर्न सुझाव दियौँ,’ थपलियाले  सञ्चारकर्मीसँग भने,  ‘प्रधानमन्त्रीले मंसिर २ मै नहुन सक्छ, तर निर्वाचन अवधि कायम राखेर निर्वाचनको मिति तोक्छौँ भन्नुभएको छ ।’
आयोगले निर्वाचनका लागि मिति घोषणापछि १२० दिनको निर्वाचन अवधि लिने गरेको छ । भेटमा प्रधानमन्त्री देउवाले स्थानीय तहको निर्वाचन सफलतापूर्वक सम्पन्न गरेको भन्दै आयोगलाई धन्यवाद ज्ञापन गरेका छन् ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार