काठमाडौँ, असार । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले बजेट निर्माणका क्रममा अर्थमन्त्रालयमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएरको बिषयमा उठेको बिबाद सल्टाउन छानविन गर्न माग गर्नुभएको छ । उपसभापति खड्काले उक्त बजेट निर्माणको विषयलाई संसदीय समितिमार्फत छानबिन गरिनुपर्ने पनि बताएका छन् ।
स्मरणीय छ, यसअघि नेकपा एमाले सरकारमा रहँदा चकलेट र बिद्युतीय गाडी प्रकरणमा एमालेका खतिवडा अर्थमन्त्री रहँदा यस्तै भएको थियो ।बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नताबारे र अर्थमन्त्रालयको सीसीटीभी फुटेज मेटाइएकोबारे व्यापक विरोध भइरहेका बेला प्रधानमन्त्रीनिकट मानिने कांग्रेस उपसभापति खड्काले विगतका परम्परामा टेकेर संसदीय छानबिन समिति गठनको माग गरेका हुन् ।
उपसभापति खड्काले बुधबार बिहान सामाजिक सञ्जालमा लेखेका छन्, बजेट निर्माणको बेलाको विषय समेतलाई जोडेर अर्थमन्त्रालयका सम्बन्धमा संसद् र आमजनमानसको गम्भीर चासो विषय बनिसकेपछि यो विषयलाई विश्वासिलो तरिकाले समाधान गर्न संसदीय छानबिन समिति बनाएर यथार्थ कुरा सार्वजनिक गरिनु ठीक हुन्छ। विगतमा पनि संसद्को यस्तो परम्परा छ ।
बरु ढिलो नगरौँ संसद्बाट आजै संसदीय समिति निर्माणको टुंगो लगाऔं ।अर्थमन्त्री जनार्दन शर्मामाथि बजेट घोषणाको अघिल्लो रात अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करका दर हेरफेर गरेको आरोप लागेको छ । साथै अनधिकृत व्यक्ति प्रवेश गरेको प्रमाणका रूपमा रहेको सीसीटीभी फुटेज अर्थ मन्त्रालयका उच्च अधिकारीकै मिलेमतोमा ‘डिलिट’ गराइएको पनि उनीमाथि आरोप लागेको छ ।