२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

नेकपा माओवादी केन्द्र

माओवादीको बैठक आज स्थगित : बुधबार दिउँसो १ बजे बैठक बस्ने'

मंगलवार , आषाढ २१, २०७९

काठमाडौँ, असार। नेकपा (माओवादी केन्द्र) को आजका लागि तय भएको केन्द्रीय समितिको बैठक बुधबारका लागि सरेको छ ।

आइतबारदेखि सुरु भएको बैठकमा आज अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केन्द्रीय सदस्यहरुले उठाएको जिज्ञासाको जवाफ दिने कार्यक्रम तय भएको थियो । पदाधिकारी चयनलगायतका विषयमा सहमति जुटाउनका लागि अध्यक्ष दाहालको निवास खुुमलटारमा पार्टीका पूर्व स्थायी समितिको बैठक बोलाइएको छ ।

 अध्यक्ष दाहालका स्वकीय सचिव रमेश मल्लले आजका लागि तय भएको बैठक स्थगित भएको र बुधबार दिउँसो १ बजे बैठक बस्ने जानकारी दिनुभयो । प्रवक्ता कृष्णबहादुर महराले पनि आजको बैठक स्थगित भए को जानकारी दिनुभयो । बैठकमा अध्यक्ष दाहालले १० पेजको राजनीतिक प्रतिवेदन पेश गर्नुभएको थियो । 

 आइतबारको बैठकमा सात वटै प्रदेशका अध्यक्ष र सोमबार ४३ जना केन्द्रीय सदस्यले आ–आफ्ना धारणा राख्नुभएको थियो । बैठकमा पदाधिकारी चयन, स्थायी समिति, पोलिटब्यूरोको चयन हुनुपर्नेलगायतका माग उठेको छ । सोही मागलाई सम्बोधन गर्ने ध्येयका साथ अधिकतम प्रयास गर्ने तयारीमा नेतृत्व लागि परेको नेताहरुले जानकारी दिनुभएको छ । रासस

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार