२०८३, कार्तिक २१ गते

शुक्रवार, कार्तिक २१ गते २०८३

नेपाल आयल निगम 

सरकारलाई आयल निगमले भन्यो : " पैसा नभएर इन्धन आपूर्ति रोकिन सक्छ "

सोमवार , आषाढ २०, २०७९


काठमाडौं, असार । पेट्रोलियम  पदार्थको मूल्य आकबासिएपछि  नेपाल आयल निगमको घाटा चुलिएर थेग्नै नसक्ने अवस्थामा पुगेको आयल निगमले जनाएको छ ।   यही समसयाका कारण देखाएर निगमले  प्रधानमन्त्री र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीलाई अवस्थाबारे  एक पत्र लेख्दै अवस्थाबारे जानकारी गराइएकाे हाे ।  

निगमले  आज, सोमबार,  दुवै निकायमा पत्राचार गर्दै निगमले आर्थिक स्रोतको जोहो नभए निकट भविष्यमै इन्धन आपूर्ति प्रभावित हुनसक्ने चेतावनी दिएको छ । 
निगमका कार्यकारी उमेशप्रसाद थानीले लेखेको पत्रमा भनिएको छ,  ‘विषम परिस्थितिमा निगमलाई कुनै स्रोतबाट आवश्यक रकम उपलब्ध हुन सकेन, मूल्य समायोजन पनि हुन नसकेको हुँदा निकट भविष्यमा नै पेट्रोलियम पदार्थको आपूर्तिमा समस्या हुनसक्छ ।’

घाटा धान्नै नसकिने अवस्थामा पुगेको भन्दै निगमले यसबाट बच्नका लागि स्वदेशमा इन्धन खपत कम गर्नुको विकल्प नभएको पनि पत्रमा उल्लेख गरेको छ । चालु आर्थिक वर्षको अन्त्यसम्म निगम ५५ अर्ब रुपैयाँ नोक्सानीमा जाने देखिएको भन्दै पत्रमा भारतलाई इन्धन खरिदको भुक्तानी गर्नुपर्ने रकम ३० अर्ब नाघेको पनि उल्लेख गरेको छ ।
निगमको वित्तीय अवस्था साह्रै बिग्रिएपछि प्रधानमन्त्री र वाणिज्य मन्त्रीलाई यसबारे ध्यानाकर्षण गराएको निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले  सञ्चारकर्मीलाइ बताएका छन । 
उनले पत्रमा भनेका छन,  ‘सरकारले तत्काल नसोचे अवस्था भयावह हुनेवाला छ,’ अब जनताले पनि समस्या बुझिदिनुपर्छ ।’
इन्धन खपत कम गर्ने विभिन्न उपाय अवलम्बन गर्न पनि सरकारलाई आग्रह गरिएको निगमले जनाएको छ । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार