२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

नेपाल कम्युनिष्ट पार्टी 

सरकारमाथि ओलीको कटाक्ष : 'किसानलाई चाहिने बेला हरेक साल मल आपूर्ति हुँदैन,यस्तो किन ?'

शनिवार , आषाढ १८, २०७९

 

काठमाडौँ, असार ।  पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले खेती गर्ने बेला किसानलाई हरेक वर्ष  मल किन आपूर्ति हुँदैन भनेर प्रश्न गरेका छन् । उनले भने,  यस वर्ष पनि सरकारले किसानका लागि मल ल्याउने व्यवस्था गरने ।  । 

अखिल नेपाल किसान महासंघले आज,  शनिबार,  पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले थपे,  सरकारले मलको प्रबन्ध नगरेपछि किसानले कसरी पाउँछन्  । 
प्रधानमन्त्री शेरबहादुर देउवाले  संसद्‌मा गरेको प्रतिबद्धता पूरा गर्न नसकेको भन्दै उनले थपे,  हामीले सरकार छोडेपछिको मात्रै हिसाब गर्दा मात्रै चामल कसरी आयात भयो ? कृषि प्रदान देश, ६० प्रतिशत जनता कृषिमा संलग्न छ । यस्तो अवस्थामा कृषि प्रदान देशमा, यस्तो उर्वर देशमा, जहाँ यति हिमाल, पहाड, उर्वर फाँट छन् । 
जहाँको जनसंख्या ३ करोडभन्दा कम छ । त्यस्तो देशमा किन हामी खाद्यान्नमा पनि आत्मनिर्भर हुन नसकेर ४९ अर्बका आयात गर्छौं, चामल मात्रै,ु उनले प्रश्न गरे, हरेक साल किसानलाई चाहिने बेलामा मल आपूर्ति हुँदैन, किन यस्तो हुन्छ ? यतिबेला मल चाहिन्छ भन्ने सबैलाई थाहा छ । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार