तिलोत्तमा, असार । गृहमन्त्री बालकृष्ण खाँणले पाँच दलीय गठबन्धन संविधान रक्षाका लागि आवश्यक भएको बताएका छन् । जिल्ला कार्यसमिति रुपन्देहीले स्थानीय तह निर्वाचनमा कांग्रेसको तर्फबाट निर्वाचित जनप्रतिनिधिलाई बधाई तथा सम्मानका लागि आयोजना गरेको कार्यक्रमका अवसरमा गृहमन्त्री खाँणले भने, संविधानमा रहेका कमीकमजोरीलाई परिमार्जन एवं रक्षा गर्न गठबन्धन आवश्यक छ ।
उनले भने, पार्टीकै कतिपय नेताहरुको फरक सिद्धादैन । गृहमन्त्री खाँणले मुलुकलाई गतिशीलता दिन कांग्रेसलाई नै गतिशील बनाउनुपर्छ । उनले भने, ‘नेपाली शासन ब्यवस्थालाई कमजोर बनाए अन्तर्राष्ट्रिय सद्भाव र सहयोग नै नेपालमा रहँदैन,’ उनले भने, 'त्यसैले नेपालको समृद्धि र विकासका लागि नेपाली कांग्रेसलाई नै गतिशील बनाउनु पर्दछ ।’
गृहमन्त्री खाँणले कांग्रेस विविधतामा विश्वास गर्ने भएकोले आफूहरु यसप्रति गम्भीर भएको बताए । ‘कांग्रेससँग प्रतिस्पर्धा गर्ने राजनीतिक दलहरु एक हिसाबले सैन्य संरचनामा छन् । विविधतालाई उहाँहरुले सहजतापूर्वक स्वीकार गर्न सक्नुहुन्न । कांग्रेसका राजनीतिक आस्था नै बहुदलमा आधारित शासन व्यवस्था हाम्रो पद्धति हो,’ उनले भने ।
गृहमन्त्री खाँणले अहिले निर्वाचित जनप्रतिनिधिहरुलाई जनता लक्षित काम गर्न निर्देशन दिए । कांग्रेसले रुपन्देहीमा राम्रो नतिजा हासिल गरेकाले यसलाई कायम राख्न जनप्रतिनिधिहरुको क्रियाकलाप महत्वपूर्ण रहेको भन्दै उनले जनतालाई केन्द्रमा राखेर काम गर्न निर्देशन दिए ।
कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य अब्दुल रज्जाक, प्रतिनिधिसभा सदस्य प्रमोदकुमार यादव, पूर्वजिल्ला सभापति रामचन्द्र ढकाल, प्रदेशसभा सदस्य फकरुद्दिन खाँण, रमा अर्याल, प्रदेश सभापति अमर सिंह पुनलगायतले बोलेका थिए ।