२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

जसपाको केन्द्रीय समिति बैठक वीरगञ्जमा

शनिवार , आषाढ १८, २०७९

वीरगञ्ज,असार ।जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्य समितिको बैठक यही असार २७ र २८ पर्साको वीरगञ्जमा हुने भएको छ ।

जसपा नेपाल केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीका अनुसार पार्टीको आगामी बैठक पर्साको वीरगञ्जमा बस्ने गरी बोलाइएको हो ।

दुई दिनसम्म चल्ने बैठकमा पार्टीको पछिल्लो अवस्था, सङ्गठन सुदृढीकरण र आगामी प्रदेश र सङ्घीय निर्वाचनको पूर्वतयारीका लागि रणनीति तयारीका विषयमा छलफल हुने बताइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार