२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

निर्वाचन आयोग

प्रधानमन्त्री देउवाले आयोगलाई भने : " संघ र प्रदेशको निर्वाचन मिति प्रस्ताव गर "

शुक्रवार , आषाढ १७, २०७९

काठमाडौँ, असार । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आयोगलाई प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनको मिति प्रस्ताव गर्न आग्रह गरेका छन् ।

प्रधानमन्त्री देउवा र आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाबीच शुक्रबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भएको अनौपचारिक छलफलमा प्रधानमन्त्री देउवाले मिति प्रस्ताव गर्न आयोगलाई आग्रह गरेका हुन्।

आयोगले प्रस्ताव गरेको मितिमै अघि जाने सोच छ। अन्य दलहरूसँग पनि परामर्श गर्छौं र समिति तोक्छौं, बैठकमा सहभागी स्रोतले भन्यो अर्को साता मिति प्रस्ताव गर्न प्रधानमन्त्रीले भन्नुभएको छ।

आयोगका प्रमुख आयुक्त थपलियाले प्रधानमन्त्रीसँग भेट भएको जानकारी दिँदै निर्वाचन समयमै गर्न प्रधानमन्त्री सकारात्मक रहेको जानकारी दिए। आयोगले कात्तिक मसान्तमा निर्वाचन गर्न प्रधानमन्त्रीलाई अनौपचारिक प्रस्ताव गरेको छ।

यसअघि आयोगले मंसिर पहिलो सातासम्म निर्वाचन गरिनसक्नुपर्ने बताउँदै आएको थियो। निर्वाचनसम्बन्धी कानुन पेश गर्ने विषयमा पनि छलफल भएको स्रोतले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार