२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

प्रतिनिधि सभा बैठक

आज दिउँसो १ बजे बस्दै : " सम्भावित कार्यसूची - लोक सेवाको प्रतिवेदन पेश हुने "

आइतवार , आषाढ १२, २०७९

काठमाडौँ, असार । प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्ने छ ।राष्ट्रिय सभामा उत्पत्ति भएको नीति अनुसन्धान प्रतिष्ठान विधेयक २०७६ मा विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने अर्को लोक सेवा आयोग विधेयक २०७५ माथि राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।

त्यसअघि प्रधानमन्त्रीको तर्फबाटै लोक सेवा आयोगको ६२ औं वाषिर्क प्रतिवेदन पेश हुने छ । वन तथा वातावरण मन्त्री रामसहाय प्रसाद यादवले ग्लोबल ग्रिन ग्रोथ इस्टिच्युटको सहभागीतामुलक सदस्यका रुपमा सदस्यता प्राप्त गर्न स्वीकृति प्रदान गर्ने सम्बन्धी सम्झौतामाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्तुत गर्ने सम्भावित कार्यसूचीसमेत रहेको संघीय संसदको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार