२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

पेट्रोल, डिजेल र मट्टीतेलको भाउ घट्याे

सोमवार , फाल्गुण ५, २०७६

नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको भाउ घटाएको छ ।

साेमबार राति १२ बजेदेखि लागू हुने गरी तीन वटै पदार्थमा प्रतिलिटर दुई रुपैयाँका दरले भाउ घटाइएको नेपाल आयल निगमले जनाएको छ ।

अब काठमाण्डाैमा पेट्रोल प्रतिलिटर एक सय आठ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य ९७ रुपैयाँ कायम भएको छ ।

भारतमा तेलको मूल्य घटेपछि नेपालमा पनि समायोजन भएको निगमले जनाएको छ । तर ग्यासमा भने मूल्य समायोजन भएको छैन । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार