२०८३, कार्तिक २१ गते

शुक्रवार, कार्तिक २१ गते २०८३

नागरिक उड्डयन प्राधिकरण

विमानस्थलमा ठाउँ अभाव  :  “३४ वायुयान ‘नाइट–स्टप’ पार्किङ गर्न काठमाडौँ बाहिर”  

सोमवार , आषाढ ६, २०७९


काठमाडौँ,  असार । हेलिकप्टर तथा जहाज पार्किङका लागि ठाउँ अभाव भएको भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले १४ वटा हेलिकप्टरलाई अबदेखि ‘नाइट–स्टप’ पार्किङका लागि काठमाडौँ बाहिर अनिवार्य जानुपर्ने निर्णय गरेको छ ।
प्राधिकरणको बैठकले उक्त निर्णय गरेको हो । ‘नाइट–स्टप’ पार्किङका लागि विमानस्थलमा ठाउँ अभाव भएको भन्दै व्यावसायिक उडान गर्ने नौवटा वायुसेवाका ४८ मध्ये २० वटा जहाज पनि ‘नाइट–स्टप’ पार्किङका लागि बाहिर जानुपर्ने निर्णय गरिएको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिएका छन ।  
उनका अनुसार अनुमति लिएका हेलिकप्टर र वायुसेवाले आफ्ना जहाज मोफसलमा अनिवार्य राख्नुपर्ने निर्णय गरेको छ ।  प्राधिकरणले गरेको सो निर्णय आजदेखि हेलिकप्टर र १३ गतेदेखि जहाजमा अनिवार्य कडाइका साथ लागू हुने नेपाल प्राधिकरण (क्यान)का महानिर्देशक ई प्रदीप अधिकारीले बताएका छन ।  
उनले भने, “नेपालको उड्डयन सुरक्षा अभिवृद्धि गर्ने नीति अनुसार प्राधिकरणले ‘नाइट–स्टप’ पार्किङका लागि काठमाडौँ बाहिर अनिवार्य जानुपर्ने निर्णय गरिएको छ । कडाइका साथ निर्णय लागू गरिनेछ ।”
प्राधिकरण मातहतको फ्लाइट अनुसार नेपालमा ३६ वटा हेलिकप्टर रहेको बताइएको छ । अबका दिनमा हेलिकप्टर र वायुसेवाले काठमाडौँ विमानस्थलमा तोकिएको सङ्ख्याभन्दा बढी जहाज पार्किङ गर्न पाउने छैनन् । 
सङ्घीयताको मर्मअनुसार प्रदेशको अर्थतन्त्र चलायमान बनाउन र प्रदेशका सर्वसाधारणले आफ्नो समय अनुसार केन्द्रीय राजधानीमा आउन यो समानताको निर्णयले अझ सहज हुने नेपाल नागरिक उड्डयन प्राधिकरणले अपेक्षा लिएको छ ।
यसैगरी राज्यले भिभिआइपीको सूचीमा राखेका व्यक्तिले अबका दिनमा एकल पाइलटद्वारा सञ्चालन हुने हेलिकप्टर चार्टर उडानमा यात्रा गर्न नपाउने भएका छन् । नागरिक उड्डयन प्राधिकरणले भिभिआइपी हेलिकप्टर उडानमा अनिवार्य दुईजना पाइलट हुनुपर्ने निर्णय गरेको छ । 
राज्यले भिभिआइपी भनेका व्यक्तिलाई एकल पाइलट भएको उडानबाट ओहोर दोहोर गराउन नपाइने भनेर निर्णय भएको र सोमबार सबै हेलिकप्टर कम्पनीलाई परिपत्र जारी गरिने नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक ई अधिकारीले जानकारी दिए । 
हाल नेपालमा १० वटा निजी हेलिकप्टर कम्पनी रहेका छन् । प्राधिकरणको सञ्चालक समितिको बैठकले अबदेखि अन्य सर्वसाधरणले गर्ने चार्टर उडानमा पनि दुइवटा पाइलट अनिवार्य राख्नुपर्ने निणर्य गरेको छ । 
मौसमको अवस्था, पाइलटको स्वास्थ्य अवस्था, भौगोलिक अवस्था आदि स्थितिका आधारमा कतिपय उडानमा एउटा पाइलटले सर्वसाधारणका लागि चार्टर उडान भने गर्न पाउनेछन् ।


–––

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार