काठमाडौँ, असार ।आज आइतबार सुनको मूल्य तोलामा ३०० रुपैयाँले सस्तिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ३०० रुपैयाँले घट्दै ९७ हजार ५०० रुपैयाँमा झरेको हो ।
अघिल्लो शुक्रबार छापावाला सुन प्रतितोला ९७ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुनको मूल्यमा पनि आज तोलामा ३०० रुपैयाँले नै घट्दै ९७ हजार रुपैयाँ कायम भएको महासंघले जनाएको छ । यता चाँदीको मूल्य भने गत शुक्रबारको मूल्यमा प्रतितोला १० रुपैयाँले घट्दै एक हजार २६५ रुपैयाँ कारोबार भइरहेको छ